जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार बनाएसँगै प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।
काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।
जसपाको तर्फबाट राष्ट्रियसभा सदस्यसमेत रहेकी उनले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन्।
जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादवको उम्मेदवारी परेको थियो। पार्टीले आधिकारिक उम्मेदवार यादव नै भएको निर्णय गरेपछि सोमबार प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता भएको जनाएकी हुन्।
“प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएतापनि प्रतिबद्धताका साथ म उहाँ (यादव)लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु”, उनले विज्ञप्तिमा भनेकी छन्।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको नाम आइतबार सार्वजनिक गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
