नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले देशको समृद्धिका लागि ऊर्जा र जलस्रोतको विकास आवश्यक रहेको बताएका छन्।
काठमाडौँ- नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्।
बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव वैरागीले यस्तो बताएका हुन्।
उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ ऊर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताउँदै मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताए।
मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौती रहेको बताए। उनले स्वच्छ ऊर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने जिकिर गरे।
उनले सरकार उपभोक्ताकर्मीसँग छलफल गर्न तयार रहेको बताउँदै उपभोक्ता अधिकारका लागि बनेका कानुनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए। उनले उपभोक्ता अधिकारको विषय संघ, प्रदेश, स्थानीय तह र अधिकार कर्मीहरूको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताए।
उनले शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूर दराजमा बस्ने नेपाली उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रूपमा जानकारी नभएको बताए।
“जलवायु परिवर्तनले आक्रान्त भइरहेको विश्वमा स्वच्छ ऊर्जाको महत्त्व छ। नेपाल जलस्रोतको धनी देश भएर पनि अझै उल्लेख्य रूपमा प्रगति हासिल गर्न सकेका छैनौँ”, उनले भने, “स्वच्छ ऊर्जाले खनिज जन्य ऊर्जालाई प्रतिस्थापन गर्दै जानुपर्छ भन्ने कुरा अगाडि बढेको छ। नेपालको समृद्धि स्वच्छ ऊर्जा जलस्रोतको विकासबाट सम्भव छ। हाम्रो अगाडि चुनौती रहेको छ।”
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताए।
उनले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताए। उपभोक्ता अधिकारको लागि सबैभन्दा ठूलो निरीक्षणकर्ता नागरिक आफैँ भएको उनको भनाइ थियो।
उपभोक्ता अधिकारको सुधार गर्दा गुणस्तरीयता पनि थप्दै जानुपर्ने आवश्यकता रहेको उनले बताए।
कार्यक्रममा नेपाल राष्ट्रिय उपभोक्ता महासंघलाई प्रतिनिधिलाई बोल्न नदिएको भन्दै कार्यक्रममा होहल्ला भएर विवाद भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
