‘बी’ डिभिजन लिगका १३ क्लबले समयमै लिग नगरे एन्फाविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले समयमै लिग नगरे आन्दोलनमा उत्रिने ‘बी’ डिभिजन लिगका १३ क्लबहरूले चेतावनी दिएका छन्।
चैत २९ गतेदेखि लिग हुने भएपनि एन्फाले आवश्यक तयारी नगरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन्।
एन्फाका पूर्वमानार्थ उपाध्यक्ष तथा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले लिग शुरू हुन २६ दिन बाँकी रहँदासम्म एन्फा उदासीन देखिएको आरोप लगाए।
"अहिलेको तयारी हेर्दा एन्फाले समयमा लिग गराउन सक्छ जस्तो लागेको छैन। समयमै लिग नगराए क्षतिपूर्ति माग्छौँ, आन्दोलनमा जान्छौँ," उनले चेतावनी दिँदै भने।
यसअघि एन्फाले दुईपटक मिति तय गरेर पनि ‘ए’ लिग सारेको थियो। त्यसपछि एन्फाले सहभागी १४ क्लबहरूसँग समयमा लिग गराउन नसके क्षतिपूर्ति दिने सहमति गरेको स्मरण गराउँदै पराजुलीले आफूहरूसँग पनि त्यस्तो सम्झौता गर्नुपर्ने माग गरे।
"यसअघि एन्फाले समयमा लिग गराउन नसके क्षतिपूर्ति दिन्छौँ भनेर ‘ए’ डिभिजनका १४ क्लबहरूसँग सम्झौता गरेको छ। हामीसँग पनि एन्फाले समयमा लिग गराउन नसके क्षतिपूर्ति दिन्छौँ भनेर सम्झौता गर्नुपर्छ," उनले भने।
लिग शुरू हुनुभन्दा ४५ दिन अगाडि माघ २९ सम्ममा क्लबहरूलाई तयारी खर्चबापत दिने एन्फाले जनाएको थियो। तर, १४ लाख ५० हजारमध्ये पहिलो किस्ताको ८ लाख ७० हजार रुपैयाँ निकासा गर्ने क्लब र एन्फाबीच सम्झौता भएपनि अहिलेसम्म उक्त रकम नपाएको एन्फाका पूर्वउपाध्यक्ष तथा मध्यपुर यूथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले बताए। उनले लिग २९ गतेबाट हुने भनिए पनि आफूहरूलाई अझै पत्राचार नभएको पनि दाबी गरे।
"लाखौँ खर्च भइसक्यो तर तयारी खर्च अझै पाएका छैन। कसरी लिग हुन्छ भनेर पत्याउनु?," उनले भने, "हामी त पहिला घोषणा गरेजस्तै चैत १५ बाट खेल्न तयार छौँ।"
उनले बारम्बार ध्यानाकर्षण गराउँदा पनि एन्फाले चासो नदिएको बताए। पत्रकार सम्मेलनमा ‘बी’ डिभिजनका ब्रिगेड ब्वाइज, मध्यपुर यूथ, नयाँ बस्ती यूथ, बाँसबारी, कुमारी, सरस्वती यूथ, वीरगन्ज युनाइटेड, श्री टुसाल यूथ, ब्वाइज युनियन, आरसिटी, श्री भगवती, च्यासल यूथ र झापा फुटबल क्लबको सहभागिता थियो। एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज क्लबले भने अनुपस्थित थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
