नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– मलेसियामा जारी आईसीसी यू१९ महिला टी२० विश्व कपमा नेपाल आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
स्कटल्यान्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन्। ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाइन्। यसबाहेक स्कटल्यान्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पूजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए।
त्यसअघि मलेसियाको यूकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अलआउट भएको थियो।
कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन्। सावित्री धामीले १० रन जोड्नुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
स्कटल्यान्डका लागि मैसी म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिए।
नेपालको यो लगातार दोस्रो हार हो। नेपाल पहिलो खेलमा बांग्लादेशसँग ५ विकेटले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
