एएफसीले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ।
काठमाडौँ- एएफसी यू–२० महिला एसिया कप छनोटको दोस्रो चरणमा नेपालले चीन, म्यानमार र चाइनिज ताइपेसँग खेलेको भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो। नेपालसहित चीन, म्यानमार र चाइनिज ताइपे समूह 'बी'मा रहेका छन्।
समूह 'ए' मा भने अस्ट्रेलिया, भियतनाम, इरान र लेवनान रहेका छन्। गत फागुन २८ गते प्यालेस्टाइनमा सम्पन्न पहिलो चरणको खेलमा नेपालले शतप्रतिशत जित हात पारेको थियो।
समूह 'बी'मा रहेको नेपालले आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्डलाई समान ६–० ले पराजित गरेको थियो। दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको हो।
जसबाट शीर्ष दुईमा रहने २/२ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन्। उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
