हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका बारेमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिबीच फोनवार्ता भएको छ।
काठमाडौँ– हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिसँग फोनवार्ता गरेकी छन्।
इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ।
उपचारका लागि बैंककमा रहेकी परराष्ट्रमन्त्री डा. राणाले त्यहीँबाटै फोन गरेर पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत इजिप्ट सरकारसँग आग्रह गरेकी हुन्।
मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।
त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए।
इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
