कलकत्तामा चिकित्सकको बलात्कारपछि हत्यामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
एक भारतीय चिकित्सकको बलात्कारपछि हत्यामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। कलकत्तास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई आजीवन कारावासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन्।
सन् २०२४ अगस्ट ९ मा कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। पीडितको शव रक्ताम्मे अवस्थामा भेटिएको थियो। घटनापछि सरकारी अस्पतालका चिकित्सकले सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य स्थानका प्रदर्शन गरेका थिए। हजारौँ नागरिक ऐक्यबद्धता जनाउँदै चिकित्सकको विरोध प्रदर्शनमा सामेल भएका थिए।
भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो। प्रतिवादी रोयको मुद्दा द्रुत गतिमा सुनुवाइ अघि बढाइएको थियो। यस मुद्दामा एक हप्ताअघि मात्र बहस सकिएको थियो।
सुनुवाइका क्रममा रोयले लगातार आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गरेका थिए। मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो।
भारतमा चिकित्सकमाथिको हिंसापछि देशव्यापी आक्रोश निम्तिइएको थियो। राज्यभरका चिकित्सकले पीडितलाई न्याय दिन र सरकारी अस्पतालमा कडा सुरक्षाको व्यवस्था गर्न माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए। सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको बीभत्स प्रकृतिको तुलना गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
