वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटलमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पलाई शपथ गराए।
अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन्।
वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटलमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पलाई शपथ गराए।
डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प राष्ट्रपति चुनिएका हुन्। शपथ ग्रहण समारोहमा बोल्दै ट्रम्पले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए।
ट्रम्पले अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे। “यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,” उनले भने, “यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरूआत गरेको छ।”
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्री तथा उच्चपदस्थ अधिकारी उपस्थित थिए। ट्रम्पको यो दोस्रो कार्यकाल हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
