मेची भन्सार कार्यालयबाट साउनदेखि पुससम्ममा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।
भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ।
कार्यालयको तथ्यांक अनुसार साउनदेखि पुससम्ममा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको छ।
कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको सोही अवधिमा १ अर्ब ९० करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
यस्तै, सोही नाकाबाट साउनदेखि पुससम्म अलैँचीको निर्यात १६.७ प्रतिशतले बढेको छ। चालु आवको ६ महिनामा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। गत आव को सोही अवधिमा ३ अर्ब ९० करोड ५८ लाख ०६ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
