राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को माघ ७ गतेको सिफारिसमा राष्ट्रपतिले दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संघीय संसद्को अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो।
विपक्षी दलले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिएका थिए। उनीहरूले संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याएको भन्दै असन्तुष्टि जनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
