विज्ञले डब्लूएओबाट फिर्ता हुँदा अमेरिकाले महामारी निगरानी तथ्यांकमाथि प्राप्त विशेषाधिकार पहुँच गुमाउने हुनाले विदेशबाट आउने स्वास्थ्य खतराको निगरानी र रोकथाम क्षमता कमजोर बन्ने चेतावनी दिएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट संयुक्त राज्य अमेरिका फिर्ता हुन निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले कोभिड१९ महामारी व्यवस्थापनको विषयमा डब्लूएचओको पटक–पटक आलोचना गरेका थिए।
आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकाले संयुक्त राष्ट्रसंघको निकायलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख गर्दै भने, “विश्व स्वास्थ्य संगठनले हामीलाई ठगेको छ।”
जेनेभास्थित संगठनको सबैभन्दा ठूलो दाता अमेरिकाले डब्लूएचओको कार्यसञ्चालनका लागि महत्त्वपूर्ण वित्तीय सहयोग गर्दछ। ट्रम्पको निर्णयले संगठनमा महत्त्वपूर्ण पुनर्संरचना हुने र यसले विश्वव्यापी स्वास्थ्य पहललाई प्रभावित पार्ने आकलन गरिएको छ।
ट्रम्पले डब्लूएचओसँगको सम्बन्ध तोड्न खोजेको यो दोस्रो पटक हो। आफ्नो पहिलो कार्यकालमा अमेरिकाले महामारीको शुरूआती चरणमा संगठन चीनबाट अत्यधिक प्रभावित भएको आरोप लगाउँदै फिर्ता हुने आशयको सूचना जारी गरेको थियो।
त्यो कदम पछि पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले उल्ट्याएको थियो।
समर्थन जारी राख्ने चीनको वाचा
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले डब्लूएचओलाई समर्थन जारी राख्ने बताएका छन्। “डब्लूएचओको भूमिका कमजोर नभई बलियो हुनुपर्छ”, गुओ जियाकुनले भने, “चीनले सधैँझैँ डब्लूएचओलाई आफ्नो जिम्मेवारी पूरा गर्न सहयोग गर्नेछ... र मानवताका लागि स्वास्थ्यको साझा समुदाय निर्माण गर्ने दिशामा काम गर्नेछ।”
आफ्नो नयाँ कार्यकारी आदेशमा ट्रम्पले एजेन्सीहरूलाई ‘संयुक्त राज्य सरकारको कुनै पनि कोष, समर्थन वा विश्व स्वास्थ्य संगठनलाई स्रोतहरू हस्तान्तरणलाई रोक्न’ र ‘विश्व स्वास्थ्य संगठनले पहिले गरेको आवश्यक गतिविधि ग्रहण गर्न विश्वसनीय र पारदर्शी संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय साझेदारको पहिचान गर्न’ निर्देशन दिएका छन्।
प्रशासनले बाइडेनको सन् २०२४ को अमेरिकी विश्वव्यापी स्वास्थ्य सुरक्षा रणनीतिको समीक्षा र खारेज गर्ने योजना पनि घोषणा गरेको छ। उक्त रणनीति संक्रामक रोगका खतरालाई ‘सकेसम्म चाँडो’ रोक्न, पत्ता लगाउन र प्रतिक्रिया दिन डिजाइन गरिएको थियो।
धेरै विज्ञहरूले अमेरिका डब्लूएचओबाट फिर्ता भएकोमा चिन्ता व्यक्त गरेका छन्। “हामी डब्लूएचओलाई यसबाट टाढा गएर अझ प्रभावकारी बनाउन सक्दैनौँ”, पूर्ववरिष्ठ स्वास्थ्य अधिकारी टम फ्रिडेनले एक्समा लेखेका छन्, “फिर्ता हुने निर्णयले अमेरिकाको प्रभाव कमजोर बनाउँछ, घातक महामारीको जोखिम बढाउँछ र हामी सबैलाई कम सुरक्षित बनाउँछ।”
अन्यले संगठनबाट फिर्ता हुँदा अमेरिकाले महत्त्वपूर्ण महामारी निगरानी तथ्यांकमाथि विशेषाधिकार प्राप्त पहुँच गुमाउने हुनाले विदेशबाट आउने स्वास्थ्य खतराको निगरानी र रोकथाम गर्ने क्षमतालाई कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्।
“खोप प्राप्त गर्ने पहिलो हुनुको सट्टा हामी लाइनको पछाडिमा हुनेछौँ”, जर्जटाउन विश्वविद्यालयका जनस्वास्थ्य कानूनका प्राध्यापक लरेन्स गोस्टिनले एक्समा लेख्छन्, “डब्लूएचओबाट फिर्ता हुँदा अमेरिकी सुरक्षा र नवप्रवर्तनमा हाम्रो प्रतिस्पर्धात्मक धारमा गहिरो घाउ पार्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
