नेपालले १२३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कुल नौ खर्ब २१ अर्ब १६ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख रुपैयाँ घाटा बेहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ७ प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापारमा निर्यातको योगदान २.०१ प्रतिशतले घटेर ८९.२८ प्रतिशत कायम भएको छ।
नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग बेहोरेको छ। पछिल्लो ६ महिना अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ। जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा चार खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबर छ। त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड व्यापार घाटा बेहोरेका छ ।
नेपालले १२३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ। नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
