भारतीय निर्देशक प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेका छन्।
काठमाडौँ- चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार काठमाडौँमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेट २३ सेकेन्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका चलचित्रको कथावस्तु भएको महशुस गर्न सकिन्छ।
कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गरे। उनले दर्शकले आर्यन सिग्देललाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको दाबी गरे।
उनले भने, “सिनेमा राम्रो बनेको छ, प्याकेजको सिनेमा छ, आर्यन सिग्देललाई जस्तो फिल्ममा दर्शकहरू हेर्न चाहनुहुन्थ्यो त्यस्तै बनेको छ। पल शाहको कथावस्तुलाई यो सिनेमामा राखिएको छैन, त्यस्तो नसोच्नुहोला। यो अनुमान गलत, हो कथामा यो छैन। एउटा नर्सको लाइफमा भएका उतारचढावको बारेमा कथामा छ।”
कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले फिल्म राम्रो बनेको बताए। उनले मरमसला पूरा भएको चलचित्रका रूपमा आफूले डिसेम्बर फल्सलाई लिएको बताए।
प्रवीण झा निर्देशित सिनेमाको ट्रेलरमा कतै खुल्ला र कतै सस्पेन्स छोडिएको छ। पुस १५ गते रिलिज हुने सिनेमामा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरि पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरूको अभिनय छ।
बीपी खनालको कथा, केदार भुसाल/प्रतीक पौडेलको संवाद/पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्सन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा/कोशिस क्षेत्री/सुशान्त गौतम/प्रतीक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल/असीम काफ्लेको कार्यकारी निर्माण छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
