स्कुल बसको ठक्करबाट वीरगन्जमा मंगलबार साइकल यात्रुको मृत्यु भएको छ।
वीरगन्ज– स्कुल बसको ठक्करबाट वीरगन्जमा मंगलबार एक जना साइकल यात्रुको मृत्यु भएको छ।
तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करबाट बाराको फेटा गाउँपालिका–५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो।
उक्त बसले साइकलयात्री अन्सारीलाई वीरगन्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो।
बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारका लागि नारायणी अस्पतालमा पुर्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
