विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजा टोली पुग्न थालेका छन्। एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेका छन्।
दाङ– तुलसीपुर–४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, बुटवलसम्म पनि माग हुने गरेको छ।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजा टोली पुग्न थालेका छन्। गत मंसिरमा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताइन्।
पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उनको भनाइ छ। “पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँ–ठाउँबाट हाम्रो माग भइरहेको छ। आम्दानी पनि ठिकै भएको छ,” उनले भनिन्।
एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको उनले सुनाइन्। “कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेका छौँ,” उनले भनिन्। यस्ता बाजा लोप हुन थालेपछि आफूहरूले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताइन।
“पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे,” उनले भनिन्, “तर, पछिल्लो समय बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि यो काम थालेका हौँ।” समूहले २०७९ साल तिहारमा भैलो खेलेर संकलन भएको १ लाख ४० हजार रुपैयाँले वाद्य सामग्री खरिद गरेको हो। यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध छन्।
पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक छ। पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ। गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ।
“गाउँमा झगडा भएमा मिलाइदिनु पर्यो भन्दै खासगरी दिदीबहिनीहरू आउनुहुन्छ,” उनले भनिन्, “त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ।”
घरमा रङरोगन गर्ने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस आमा समूहले गर्दै आएको छ। सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रूपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरूले यो कार्य गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
