दुई प्रतिशतले बढ्यो शेयर बजार

शेयर बजार परिसूचकांक नेप्से बुधबार दुई प्रतिशतको उच्च भोल्युमका साथ बढेको छ। कारोबार रकमले पनि ९ अर्ब नाघेको छ।

काठमाडौँ– शेयर बजार परिसूचकांक नेप्से बुधबार दुई प्रतिशतको उच्च भोल्युमका साथ बढेको छ। आज नेप्से ५२.३६ अंकले बढेर २६ सय ४५.४५ को विन्दुमा पुगेको हो।

आज कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब बराबरको कारोबार भएकोमा आज एक करोड ७५ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा नौ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ।

यस दिन सबै उपसमूह बढेका छन्। लगानी क्षेत्र ३.८२ प्रतिशत, विकास बैंक २.७४ तथा होटल र पर्यटन २.७१ प्रतिशतले बढेको छ। यस्तै, अन्य क्षेत्र ४.२४ प्रतिशतले बढेको छ। व्यापार २.४५, हाइड्रो २.१२ र बैंक क्षेत्र १.घद्द प्रतिशतले बढेका छन्।

आज कर्पोरेट डेभलपमेन्ट बैंकले सर्किट तहमा कारोबार गरेको छ। ग्रिन डेभलपमेन्ट बैंक ९.८१ प्रतिशतले बढेको छ। यस्तै, सबैभन्दा धेरै बाराही हाइड्रोपावरको शेयर ८.२१ प्रतिशतले घटेको छ।