मलेसियामा जारी आईसीसी यू१९ महिला विश्वकपमा नेपालको लगातार तेस्रो हारसँगै सुपर सिक्स प्रवेशको सम्भावना समाप्त भएको छ।
काठमाडाैँ– मलेसियामा जारी आईसीसी यू१९ महिला विश्वकपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो। दुई दिनअघि स्कटल्यान्डसँग जित्दाजित्दैको खेल नेपालले गुमाउन पुगेको थियो। त्यसअघि शनिबार नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको थियो।
आजको खेलमा पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले १४० रनको लक्ष्य नेपाललाई दिएको थियो। जबाफी ब्याटिङमा उत्रेको नेपालले ५६ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन्। अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। अस्ट्रेलियाका लागि जुलिटी मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले २/२ विकेट लिए।
त्यसअघि मलेसियास्थित यूकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो। अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन्। नेपालका लागि कप्तान पूजाले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन्।
लगातार तेस्रो हारसँगै नेपाल सुपर सिक्स प्रवेशको सम्भावना समाप्त भएको छ। अस्ट्रेलिया भने लगातार तीन खेल जित्दै सुपर सिक्समा प्रवेश गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
