'द स्टारगेट प्रोजेक्ट' नाम दिइएको यसलाई ट्रम्पले संसारकै सबैभन्दा महँगो परियोजना भएको दाबी गरेका छन्।
काठमाडाैँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रवर्द्धनलाई लिएर ठूलो परियोजनाको घोषणा गरेका छन्। ५०० अर्ब अमेरिकी डलरको यो परियोजनालाई 'द स्टारगेट प्रोजेक्ट' नाम दिइएको छ।
ट्रम्पले यसलाई इतिहासकै सबैभन्दा महँगो एआई पूर्वाधार परियोजना भनेका छन्। यो परियोजना प्रविधि क्षेत्रका तीन ठूला कम्पनी ओपन एआई, ओराकल र सफ्टबैंकको जोइन्ट भेन्चर हो। यसअन्तर्गत अमेरिकामा डेटा सेन्टरको नेटवर्क बनाइनेछ।
यो संसारको सबैभन्दा महँगो परियोजनामध्ये एक हो। संसारको सबैभन्दा महँगो परियोजना युरोपको ट्रान्स-युरोपियन ट्रान्सपोर्ट नेटवर्क हो, जसको लागत ६०० अर्ब डलर अनुमान गरिएको छ। साउदी अरेबियाको निओम सिटी परियोजनाको पनि अनुमानित लागत ५०० अर्ब डलर छ।
ट्रम्पले सोमबार ह्वाइट हाउसमा स्टारगेट प्रोजेक्टको घोषणा गरे। यस क्रममा उनीसँग ओपनएआईका साम अल्टम्यान, सफ्टबैंकका मासायोशी सन र ओरेकलका ल्यारी एलिसन पनि थिए। यी तीन कम्पनीसँगै एमजीएक्सले पनि यो आयोजनाका लागि इक्विटी दिएको छ। आगामी ४ वर्षमा यस आयोजनामा ५०० अर्ब डलर लगानी हुने सम्भावना छ।
ओपनएआईले यो परियोजनाका लागि तत्कालै १०० अर्ब डलर दिने बताएको छ। कम्पनीले यो परियोजनाले एआईको दुनियाँमा अमेरिकाको नेतृत्वलाई बलियो बनाउने दाबी गरेको छ। हजारौँ मानिसहरूले रोजगारी पाउनेछन् र सारा विश्व लाभान्वित हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
