असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन्।
सिरहा– असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त राहत सामग्रीलाई लहान नगरपालिकाले मंगलबार वितरण गरेको हो। अविरल वर्षाका कारण बलान नदी किनारामा रहेका उक्त बस्तीमा बाढी पसेर स्थानीयको बिचल्ली भएको थियो। तत्कालीन समयमा नगरले बाढीपीडितलाई अस्थायी रूपमा खान र बस्नको व्यवस्था गरेको थियो।
यसअघि पीडितहरूको समस्या बुझ्न मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीलगायत सरकारी निकाय र मानव अधिकारवादी संघसंस्थाले बाढीग्रस्त क्षेत्रमा अवलोकनसमेत गरेका थिए। पीडित परिवारलाई लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डित, मानव अधिकारकर्मी राजकुमार राउत, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी प्रमुख रमेश पण्डित र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैताको उपस्थितिमा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राहत वितरण गरे।
सो अवसरमा लहान नगरप्रमुख चौधरीले भने, “तत्कालीन समयमा नगरले सकेको राहत सामग्री वितरण गरेको थियौँ। अहिले संघीय सरकारबाट राहत आएलगत्तै वितरण गरेका छौँ। बाढीको समयमा पाएको पीडा शीतलहरमा पीडितलाई राहत मिलेको छ।”
राहत सामाग्रीम खाना पकाउने ग्याससहित सिलिन्डर, चुलो, भाँडाकुँडा, सिरक डस्ना, तकियालगायत रहेको छ। राहत पाएका इस्लामपुर र सुन्दरपुरका स्थानीय खुसी हुँदै बलान नदी कटानबाट बस्ती जोगाइ दिनका लागि ठोस पहल गरिदिन ध्यान आकर्षण गराएका छन्।
बलान नदीले लहान नगरपालिकाभित्रका वडाहरू ३, ४, ५, ९, १०, १७, १८, १९ र २३ तथा सखुवानानकट्टी र भगवानपुर गाउँपालिकाका विभिन्न बस्तीमा बर्सेनि क्षति पुर्याउने गरेको छ। यसको ठोस समाधानका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने मानवअधिकारकर्मी राजकुमार राउतको भनाइ छ।
यता मधेश प्रदेश सरकारलाई बलान नदी कटान क्षेत्रको समस्या समाधान गर्नका लागि मधेश प्रदेशसभामा आवाज उठाएपछि लहान–२३ मा गत वर्ष एक करोड ४० लाखको तटबन्ध निर्माण कार्य भएको प्रदेशसभा सदस्य राजकुमार गुप्ताले बताए। सिरहा–१ का संघीय सांसद रामशंकर यादवका अनुसार बलान नदी कटान नियणत्रणका लागि यस वर्ष संघीय सरकारबाट तीन करोड रुपैयाँ बजेट निकासा भएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
