यात्रुहरूमाझ रेलमा आगलागी भएको हल्ला फैलिएपछि चेन पुलिङ गरेर ट्रेन रोकेर धेरै यात्रु रेलबाट ओर्लिएका थिए। त्यहीबेला अर्को ट्र्याकमा आएको रेलले यात्रुहरूलाई ठक्कर दिएको हो।
भारतको महाराष्ट्र राज्यमा यात्रुवाहक रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। जलगाउँ जिल्लामा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा दर्जनाैँ घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लखनउबाट मुम्बई जाँदै गरेको यो रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा उभिएको थियो। रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रुहरूमाझ रेलमा आगलागी भएको हल्ला फैलिएपछि चेन पुलिङ गरेर ट्रेन रोकियो र धेरै यात्रु रेलबाट ओर्लिए। त्यही क्रममा बेंगलोरबाट दिल्ली जाँदै गरेको कर्नाटक एक्सप्रेसले ती यात्रुलाई ठक्कर दिएको थियो।
रेल अधिकारीका अनुसार पुष्पक एक्सप्रेसको बी४ बोगीमा स्पार्किङ भएको कारण यात्रुले आगो लागेको अनुमान गरेका थिए। यसै कारण धेरै यात्रुले रेलबाट हामफालेका थिए। जलगाउँ जिल्ला मजिस्ट्रेटले बीबीसीलाई बताएअनुसार घाइतेहरूको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले एक्समा लेखेका छन्, "घटनास्थलमा आठ वटा एम्बुलेन्स पठाइएको छ। घाइतेको उपचारका लागि नजिकैका निजी अस्पतालहरूलाई पनि अलर्टमा राखिएको छ। हामी सम्पूर्ण घटनालाई नियालिरहेका छौँ र आवश्यक सबै सहयोग तत्काल उपलब्ध गराइँदैछौँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
