बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ डिग्री तथा न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री मापन भएको महाशाखाले जनाएको छ।
काठमाडौँ– काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ। माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए। “लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ,” उनले भने।
न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ। “यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने बढ्दैन,” उनले भने। अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनको भनाइ छ।
महाशाखाका अनुसार बुधबार साँझ काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम पनि ६.२ डिग्री थियो। यसपालि काठमाडौँको तापक्रम २ डिग्रीसम्म झरेको थियो।
बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको महाशाखाले जनाएको छ। न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री मापन भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
