बिहीबार नेप्से परिसूचक ११ अंकले घटेर २६५४ को विन्दुमा कायम भएको छ भने सात अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ।
यस दिन नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ५२.२६ अंकले बढेको थियो।
यस दिन ३१८ कम्पनीको एक करोड ५१ लाख चार हजार ०३३ कित्ता शेयर ८४ हजार सात पटक खरिदबिक्री हुँदा सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार नौ अर्ब २० करोड ३० लाख रुपैयाँ कारोबारको शेयर कारोबार भएको थियो।
नेप्सेका अनुसार बिहीबार १५० कम्पनीको शेयर मूल्य घटेको छ भने ८६ कम्पनीको बढेको छ। सात वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
यस दिनको कारोबारमा विकास बैंक र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह २.४३ प्रतिशतले घटेको छ।
सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक ३० करोड ८९ लाख २९ हजार ०६५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा एचआईडीसीएलको पाँच लाख सात हजार ३११ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
