काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगरिदिँदा हजारौँ लिटर पानी खेर गइरहेको महाबौद्ध क्षेत्रका स्थानीय बताउँछन्।
काठमाडौँ– राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको मेलम्ची खानेपानीको वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्धलगायतका क्षेत्रमा दिनहुँ पानी खेर गइरहेको छ। खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर–घरमा जडान नहुँदा पानी खेर गएको हो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगरिदिँदा हजारौँ लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन्। पानी खेर जाँदा महाबौद्ध क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीले सास्ती खेप्नु परेको छ। पसलअगाडि पानी जम्मा हुने र सफा गरी रहनुपर्ने अवस्था आएको व्यापारीको भनाइ छ। मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ। हेर्नुहोस् तस्वीरहरू:








Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
