सामुदायिक वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवमाथि पनि आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामरा जडान शुरू गरिएको सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ।
बाँके– जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका भगवती सामुदायिक वन क्षेत्रमा क्यामरा जडान गरिएको छ।
बुधबार राप्तीसोनारी गाउँपालिका–८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सबडिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामरा जडान गरिएको हो।
सबडिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामुदायिक वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवमाथि आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामरा जडान शुरू गरिएको हो।
स्थानीयले सामुदायिक वन क्षेत्रमा बाघ आक्रमण बढेको गुनासो गरेपछि क्यामरा जडान गरिएको उनले बताए। बाघलगायत हिंस्रक जनावरबाट सचेत हुनुपर्ने उनको भनाइ छ। “बाघ नियन्त्रण गर्ने भन्ने कुरा हुँदैन। यसका लागि आफैँ सजग बन्ने हो। हामीले जनचेतनाका कार्यक्रमहरू अघि सारेका छौँ” उनले भने।
बुधबार उक्त सामुदायिक वनमा दाउरा काट्न गएकी चेतीलाई बाघ या चितुवामध्ये कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको आशंका गरिएको थियो।
भगवती सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरिएको बताए। वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो।
“स्थानीय बासिन्दाबाट निकुञ्जमा भएका जनावरले दुःख दिने गरेको गुनासो आइरहेको थियो। जनावरहरू निकुञ्जमा मात्र बस्छन् भन्ने छैन, हाम्रो वनमा पनि आएको हुनसक्छ। बाघ या चितुवाले उहाँलाई आक्रमण गरेको हुन सक्छ,” उनले भने। उनले कारण थाहा पाउन वन क्षेत्रमा हाल क्यामरा जडान गरिएको जानकारी दिए।
यसअघि वन्यजन्तुले गाउँलेका १० वटा जति बाख्रा मारेको र मानवीय क्षति नभएको उनले बताए। “वन क्षेत्रमा बाघ त देखिएको थाहा भएन तर निकुञ्जमा बाघको संख्या बढेको पाइन्छ,” उनले भने। महेन्द्र राजमार्गदेखि एक किलोमिटर पूर्वी भागमा लतारिएको अवस्थामा चेतीको शव भेटिएको थियो। उक्त वननजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछ।
उनका अनुसार घटनास्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, सबडिभिजन वन कार्यालय बाँके, इलाका प्रहरी कोहलपुर र स्थानीयको सामूहिक उपस्थितिमा घटनाको अध्ययन गर्ने र मुचुल्का तयार पारिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
