भारतीय विदेशमन्त्री जयशंकरले नयाँ दिल्ली कागजातविहीन भारतीयलाई फिर्ता लिन तयार रहेको र अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारत फर्काउन प्रमाणीकरणको प्रक्रियामा रहेको बताएका छन्।
भारतले अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्ने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फर्काउन भारत तयार रहेको बताएका हुन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि मंगलबार वासिंटनमा भएको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले यस्तो टिप्पणी आएको हो।
ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्न, लाखौँ आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका थिए।
विदेशमन्त्री जयशंकरले नयाँ दिल्ली कागजातविहीन भारतीयलाई फिर्ता लिन तयार रहेको र अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारत फर्काउन प्रमाणीकरणको प्रक्रियामा रहेको बताए।
जयशंकरले बुधबार वासिंटनमा भारतीय पत्रकारको एक समूहसँग भने, “भारतीय प्रतिभा र कौशलले विश्वव्यापीस्तरमा अधिकतम अवसर पाऊन् भन्ने हामी चाहन्छौँ। हामी अवैध आवागमन र अवैध आप्रवासनको पनि कडा विरोध गर्दछौँ।”
“हामीले जहिले पनि यो दृष्टिकोण लिएका छौँ कि अमेरिकासहित विश्वका हरेक देशमा हाम्रा कोही पनि नागरिक अवैध रूपमा बसेका हुन् भने हामी सधैँ उनीहरूको वैध भारत फिर्तीको लागि खुला छौँ,” उनले भने।
जयशंकरले ट्रम्प प्रशासनसँग मिलेर १८ हजार भारतीयलाई फर्काउन भारतले काम गरिरहेको भन्ने समाचारको जवाफमा यस्तो बताएका हुन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टामी ब्रुसले मंगलबारको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विदेशमन्त्री रुबियोले भारतसँग मिलेर आर्थिक सम्बन्ध अघि बढाउन र अनियमित आप्रवासनसँग सम्बन्धित चिन्तालाई सम्बोधन गर्न ट्रम्प प्रशासनको इच्छामा जोड दिनुभएको छ।”
भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो तर लाखौँ भारतीय अझै पनि राम्रो अवसरको खोजीमा हरेक वर्ष बिदेसिने गरेका छन्। यसको डायस्पोरा विश्वभर फैलिएको छ भने अमेरिका प्रमुख गन्तव्य हो।
पछिल्लो अमेरिकी जनगणनाअनुसार सन् २०२० को दशकमा भारतीय मूलका अमेरिकीको जनसंख्या ५० प्रतिशतले बढेर ४८ लाख पुगेको छ। सन् २०२२ मा विदेशमा अध्ययनरत करिब १३ लाख भारतीय विद्यार्थीमध्ये एक तिहाइभन्दा बढी अमेरिकामा थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
