संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाख जनसंख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ।
गाजामा रहेको भग्नावशेष हटाउन पाँच वर्षसम्म लाग्ने प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
पर्याप्त रकम र उपकरण उपलब्ध भएमा भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवासमन्त्री अहेद बिसिसोले बताए।
विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरण सुरक्षित गर्न र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न समय लाग्ने उनको भनाइ छ।
उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताए।
अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने योजना छ।
वेस्ट बैंक र गाजा दुवैको स्थितिलाई सम्बोधन गर्न एउटा कार्यदल बनाइएको छ। “प्रारम्भिक जानकारी अनुसार इजरायली आक्रमणका कारण लगभग चार लाख आवासीय एकाइ पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन्,” उनले भने, “दाताहरूको समन्वयमा दुई लाख नयाँ इकाइको निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ।”
आंशिक रूपमा क्षति भएका घरको मर्मतसम्भार र घर पूर्ण रूपमा ध्वस्त भएका नागरिकका लागि अस्थायी आवास उपलब्ध गराउन साझेदारसँग मिलेर काम गर्ने मन्त्रालयको योजना छ।
आफन्तसँग बस्ने परिवारले आर्थिक क्षतिपूर्ति पाउनेछन्। संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाखभन्दा बढी जनसंख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ। यसका लागि करिब १ अर्ब २० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ।
प्यालेस्टिनी सरकारी सञ्चारमाध्यम वाफाको कार्यालयले युद्ध विरामपछि पहिलो मूल्यांकनमा गाजापट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
