परराष्ट्र मन्त्रालयका अनुसार भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी अछामका चार, कैलालीका दुई र बाँकेका एक गरी सात जना नेपाली नागरिकको मृत्यु भएको हो।
काठमाडौँ– भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा परी ज्यान गुमाएका सात जना नेपालीको सनाखत भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै रेल दुर्घटनामा परी अछामका चार, कैलालीका दुई र बाँकेका एक जना गरी सात नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो।
महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै बुधबार साँझ करिब ५ः०५ बजे रेल दुर्घटना भएको थियो। सो दुर्घटनामा सात नेपालीसहित १२ जनाले ज्यानको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार मृत्यु हुने नेपालीमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी रहेका छन्। त्यस्तै, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राधको दुर्घटनामा मृत्यु भएको हो।
दुर्घटनामा थप चार जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
“दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको छ,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
