यू१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।
काठमाडौँ– आईसीसी यू१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो।
मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो। मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो। ४७ रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन्। उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन्। यसैगरी, ज्योत्सिन्का मरासिनले ७ र सिमाना केसीले अविजित ४ रन जोडिन्। बलिङतर्फ मलेसियाका लागि मार्सा क्विस्टिना बिन्टी अब्दुल्लाहले ३ विकेट लिइन्।
यसअघि ब्याटिङ गर्ने क्रममा मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका लागि पूजा महतो एक्लैले चार विकेट लिइन् भने रचना चौधरीले ३ विकेट लिइन्। त्यसैगरी, रिया शर्मा र सिमाना केसीले १/१ विकेट लिए।
विश्वकपको समूह ‘डी’मा रहेको नेपाल यसअघि समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो। नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बांग्लादेशसँग हार बेहोरेको थियो। यस्तै, समूह ‘ए’ मा रहेको मलेसिया पनि समूह चरणमा भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
