राजस्व विभागको कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याइ भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकमको दायर बढाइदिएको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणाली ह्याक गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चितवनबाट सन्तोष पराजुली र परिन पाण्डेलाई पक्राउ गरेको हो।
विभागले आफ्नो एकीकृत कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याएको भन्दै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पत्र लेखेको थियो। त्यसपछि सीआईबीले उनीहरूलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीर राज शाहीका अनुसार उनीमाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद प्राप्त भएको छ।
उनीहरूले विभागको कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याइ भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकमको दायर बढाइदिएको सीआईबीको अनुसन्धानका क्रममा खुलेको छ।
उनीहरूले भाटभटेनीबाट सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ को राजस्व कर ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई हेरफेर गरी १३ करोड नौ लाख ५९ हजार ६०९ रुपैयाँ प्रविष्ट गरिदिएको पाइएको सीआईबीले जनाएको छ।
पक्राउ परेकाहरू अबिहादी बिजनेस म्यानेजमेन्टमा कार्यरत थिए। चितवनमा रहेको यो लेखा परीक्षण गर्ने निजी फार्म हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
