तराईका अधिकांश स्थानमा मन्द शीतलहर, सतर्कता अपनाउन आग्रह

मधेश तथा कोशीको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ। बाँकी तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मधेश तथा कोशीको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ। 

बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईमा मन्द शीतलहर तथा हुस्सु र कुहिरोका कारण जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ।