दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ।
काठमाडौँ– भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा सात नेपालीको मृत्यु भएको जनाएको छ।
मृत्यु हुनेमा कैलालीका दुई जना छन्। जसमा ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन्। यस्तै, अछामका चार जनाको निधन भएको छ। जसमा ११ वर्षीय हिन्दुराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्य विश्वकर्मा, ४२ वर्षीया मैसारा विश्वकर्मा र ६० वर्षीया कला कामी रहेका छन्। बाँकेका ३२ बर्षीय राधेश्याम राधको पनि रेल दुर्घटनामा निधन भएको छ।
दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ।
मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ।
माघ नौ गते साँझ भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
