उद्योगबाट शुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा ध्रुवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्।
काभ्रेपलान्चोक– काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौँको शंखरापुर नगरपालिका–१ नांलेभारेका तोयानाथ दंगालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दंगालको जलेर मृत्यु भएको हो। आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
उद्योगबाट शुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा ध्रुवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्। उक्त आगलागी पाँच वटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन्।
आगलागीबाट उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्यांकनबाट देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
