सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य चार जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान सिगास गाउँपालिका–१ गडानबाट छुटेको सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप माडौंमा दुर्घटना भएको हो।
दुर्घटनामा सिगास गाउँपालिका–१ का १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते हुनेमा ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामी रहेका छन्। घाइतेलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको छ।
प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जिप सडकबाट ५०० मिटर तल भिरमा खसेको थियो। प्रारम्भिक अनुसन्धानबाट जिप सहचालकले चलाएको खुलेको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित आठजना सावर रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
