वार्ताका लागि युक्रेन पनि तयार रहनुपर्ने र पहिलो प्रतिबन्ध खुकुलो पार्नुपर्ने पुटिनले बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन्।
आफू जहिले पनि वार्ताको पक्षमा रहेको पुटिनको भनाइ छ। “म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ,” उनले भने।
तर वार्ताका लागि युक्रेन पनि तयार रहनुपर्ने र पहिलो प्रतिबन्ध खुकुलो पार्नुपर्ने पुटिनको भनाइ छ। “प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी शुरू गर्न सकिन्छ?,” वार्ताका लागि पहिले प्रतिबन्ध खुकुलो पार्नु आवश्यक छ,” पुटिनले भने, “यदि वार्ता पुनः शुरू भयो भने युक्रेनको वर्तमान कानूनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ।”
प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उनले उल्लेख गरे। “जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ता शुरू गर्न सकिन्छ वा सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन,” उनले भने।
किएभलाई आर्थिक सहयोग गर्नेहरूले नै जेलेन्स्कीलाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने पुटिनले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
