विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।
काठमाडौँ– विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको हो।
साबिक विजेतासमेत रहेको एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले एपीएफलाई जितका लागि ६८ रनको लक्ष्य दिएको थियो। एपीएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो।
एपीएफका लागि ममता चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्। उनले अविजित ४३ रन बनाइन्। त्यस्तै, कप्तान इन्दु बर्माले अविजित १८ रन बनाइन्।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाए ६७ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले १७ रन बनाइन्। मनीषा बोहराले १८ अविजित रनको योगदान दिइन्।
बलिङतर्फ एपीएफकी कविता कुँवरले सर्वाधिक ३ विकेट लिइन्। इन्दु बर्मा र सबनम राईले समान २ विकेट लिँदा करुणा भण्डारी र कविता जोशीको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
