गोरखामा रूखबाट खसेर १ जनाको मृत्यु

गोरखामा रूखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– गोरखामा रूखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ। रूखबाट खसेर भीमसेन थापा गाउँपालिका–४ का ५५ वर्षीय पोस्टबहादुर लामिछाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार वरको रूखको हाँगा काट्ने क्रममा रूखबाट खसेर घटनास्थलमै लामिछानेको मृत्यु भएको हो।

शनिबार दिउँसो झन्डै १ बजेको समयमा आफ्नो घर पछाडि रहेको चौताराको वरको घरमा छाया पारेको भन्दै हाँगा काट्ने रूखमा गएका थिए। उनी हाँगा काट्ने क्रममा धाबा–गोरखा सडकअन्तर्गत ढलान गरेको सडकमा खसेका थिए।

उनको शव पोस्टमार्टमका लागि आरूघाट आधारभूत अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।