तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

बागमती र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

कोशी, बागमती र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले तराईको दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

अपराह्नपछि मौसममा क्रमिक रूपमा हुस्सु र कुहिरो हट्दै जानेछ।