ला लिगा: एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिडको जित

रियलका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक हो। उनले यस सिजन सबै प्रतियोगितामा रियलका लागि २२ गोल गरिसकेका छन्।

काठमाडौँ– स्पेनीस ला लिगा फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडलाई ३–० ले पराजित गरेको छ। 

शनिबार राति होजे जोरिला रंगशालामा घरेलु टोलीलाई हराउन केयलिन एमबाप्पेले ह्याट्रिक गरे। रियलका लागि यो उनको पहिलो ह्याट्रिक हो। उनले ३० र ५७औँ मिनेटमा र इन्जुरी समयमा गोल गरेका थिए। अन्तिम गोल पेनाल्टीबाट थियो। एमबाप्पेले यस सिजन सबै प्रतियोगितामा रियल मड्रिडका लागि २२ गोल गरिसकेका छन्।

जितसँगै रियलले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ। रियलको २१ खेलबाट ४९ अंक भएको छ। एट्लेटिको मड्रिड समान खेलबाट ४५ अंकहित दोस्रो स्थानमा छ।

अर्को खेलमा एटलेटिकोले भिल्लारियलसँग १–१ को बराबरी खेलेको थियो।