बसाइँसराइका कारण झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी बलेवाका ५२ किसानले कागती लगाएका छन्।
बागलुङ– बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन्। किसानले समूह बनाएर २५० रोपनी जग्गा भाडामा लिएर कागतीखेती शुरू गरेका हुन्।
बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन्। स्थानीय मिलेर गठन गरेको ‘चासो कृषक समूह’ले गरेको कागतीखेती फस्टाउन थालेको छ। हालसम्म १ करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए। गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको हो। यस वर्ष ५ लाख रुपैयाँको कागती बिक्री गरेको अध्यक्ष सुवेदीले बताए।
गतीखेतीका लागि कृषि ज्ञान केन्द्रले ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख रुपैयाँ अनुदान दिएका थिए। गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती शुरू गरेको उनको भनाइ छ।
अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन्। गाउँमा बाँदर आतंक बढ्दा अरू खेती गर्न छाडेर कागती खेती गरिएको हो। कागतीखेती गरेपछि बाँदर आतंक केही कम भएको छ। बर्सेनि उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्नेछ। यस वर्ष ५ लाख रुपैयाँको कागती बागलुङ, कुस्मालगायत बजारमा बिक्री भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए। २०७९ सालमा चक्लाबन्दीका लागि १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको थियो।
“अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, बोटले बिस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
