आइतबार नेप्से परिसूचक १० अंकले घटेर २६४३ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
नेप्सेका अनुसार यस दिन परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा कायम भएको हो। आइतबार १२१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११६ कम्पनीको बढ्दा ६ कम्पनीको स्थिर रहेको छ।
आइतबार विभिन्न ३१८ कम्पनीको एक करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर ९४ हजार ८१३ पटक खरिदबिक्री भयो। जसबाट नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन बिहीबार सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिनको कारोबारमा सर्वाधिक वित्त समूहको उपसूचक ४.७६ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन १.६६, बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.३५, लगानी ०.५०, जीवन बीमा ०.६२, निर्जीवन बीमा ०.६७ र व्यापार समूहको उपसूचक ०.७५ प्रतिशतले घटेको छ। विकास बैंक ०.५९, जलविद्युत् ०५४, लघुवित्त ०.७५ म्युचुअल फन्ड ०.४८ र अन्य समूहको उपसूचक ०.०३ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा उपकार लघुवित्त र माथिल्लो मैलिङ खोला जलविद्युत्को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभेलपमेन्ट ९.८८ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाएका छन्।
त्यस्तै, बोटलर्स नेपाल, डोल्टी पावर कम्पनी र जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सप्तकोशी डेभेलपमेन्ट बैंकको ३९ करोड ५३ लाख ७३ हजार २१२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको चार करोड ११ हजार ६२७ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
