इजरायलले हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ।
इजरायली सेनाकाे आक्रमणमा परेर दक्षिणी लेबनानमा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १२२ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेना अझै पनि दक्षिणी लेबनानको केही भागमा उपस्थित छन्। यद्यपि, यस क्षेत्रबाट हिजबुल्लाह लडाकुहरूलाई हटाउने समयसीमा भने आइतबार सकिएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले कब्जा गरेको क्षेत्रमा प्रवेश गर्न खोजिरहेका बेला उक्त आक्रमण गरेको हो। लेबनानी सेनाले इजरायली आक्रमणमा आफ्ना एक सैनिकको पनि मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ।
लेबनान र इजरायलका सेनाहरू र संयुक्त राष्ट्रसंघले यो क्षेत्र अझै सुरक्षित नभएको चेतावनी दिएका थिए। यसका बाबजुद पनि आइतबार बिहान हजारौं बासिन्दा सीमावर्ती गाउँतर्फ फर्किएका छन्।
अमेरिका र फ्रान्सको सहयोगमा इजरायल र हिजबुल्लाहबीच १४ महिना लामो द्वन्द्व अन्त्यको सम्झौता भएको थियो। इजरायलले हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ।
यस सम्झौता अन्तर्गत दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गरिने र उक्त क्षेत्रबाट हिजबुल्लाह लडाकु र हतियार हटाउन सर्तहरू राखिएको थियो। लेबनानमा कति इजरायली सैनिक छन् र कति समय त्यहाँ रहनेछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
