गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धक र इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरिसकेको छ।
प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो।
यही जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौतामा अहिलेस्म दुई पटक बन्दी आदानप्रदान भइसकेको छ। यस पटक हमासले तीन जना बन्धकहरूलाई बिहीबार रिहा गर्नेछ, त्यसपछि शनिबार थप तीन जनालाई रिहा गर्ने बीबीसीले जनाएको छ। इजरायलले सोमबार प्यालेस्टिनीहरूलाई उत्तरतर्फ जान अनुमति दिन थाल्नेछ, साथै हप्ताको अन्त्यमा थप प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने खबरमा उल्लेख छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन्। बन्धकहरूको रिहाइ नहुँदा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।
इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो। सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
