सोमबार नेप्से परिसूचक १० अंकले घटेर २६३३ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ को बिन्दुमा कायम भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो।
यस दिन विभिन्न ३१२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर ८७ हजार ५६४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
कारोबारमा बैंकिङ समूह ०.५५, होटल तथा पर्यटन ०.५१, लगानी ०.७७, जीवन बीमा १.१०, म्युचुअल फन्ड ०.६४, निर्जीवन बीमा ०.६७, व्यापार १.८३ र अन्य समूह १.६६ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।
विकास बैंक समूह ०.७२, वित्त ३.४६, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र लघुवित्त ०.०४ प्रतिशतले बढेको छ।
न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८.४६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको २९ करोड ८३ लाख ७९ हजार ८१३ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने एनएमबी–५० को सबैभन्दा धेरै ६ लाख ७५ हजार १५९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
