मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बजेटको ५.८३ प्रतिशत अर्थात् दुई अर्ब ४४ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ।
जनकपुरधाम– मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ।
मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बजेटको ५.८३ प्रतिशत अर्थात् दुई अर्ब ४४ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ। जसमा पुँजीगततर्फ १.३३ प्रतिशत तथा चालुतर्फ १३.५३ प्रतिशत खर्च भएको छ।
मधेश सरकारले चालुतर्फ १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार रुपैयाँ गरी कुल ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो।
मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरणमा विगत ६ महिनामा मुख्यमन्त्री कार्यालयको चार करोड ७५ लाख रुपैयाँ, अर्थ मन्त्रालयको चार करोड पाँच लाख, वाणिज्य तथा पर्यटन मन्त्रालयको सात करोड ९९ लाख खर्च भएको छ।
त्यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको १५ करोड ५२ लाख, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको २८ करोड ८६ लाख, गृह, सञ्चार तथा कानून मन्त्रालयको तीन करोड ४८ लाख र वन तथा वातावरण मन्त्रालयको ३८ करोड तीन लाख रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको २४ करोड ८४ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयको १८ करोड १२ लाख, श्रम तथा यातायात मन्त्रालयको सात करोड ८३ लाख एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५७ करोड ६१ लाख रुपैयाँ बजेट खर्च भएको जनाइएको छ।
राजनीतिक अस्थिरता तथा समयमा बजेट निकासा नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको सम्बन्धित निकायले जनाएका छन्। जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमीकमजोरीले बजेट खर्चमा समस्या देखिएको बताए। बजेट खर्चका लागि प्रदेश सरकारले संकल्प प्रस्तावसमेत पारित गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
