तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य

मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ।

मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार १ लाख ६० हजार १०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी १५ रुपैयाँले घटेको हो। सोमबार तोलाको १ हजार ८५० रुपैयाँ रहेको चाँदी मंगलबार १ हजार ८३५ रुपैयाँमा झरेको छ।