गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने ट्रम्पको प्रस्ताव

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजापट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीलाई इजिप्ट वा जोर्डन जस्ता सुरक्षित स्थानमा सार्ने प्रस्ताव गरेका छन्। यसका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा चाँडै नै भेट गर्ने उनको भनाइ छ। 

ट्रम्पले शनिबार इजरायल र हमासबीचको १५ महिनाभन्दा बढी चलेको युद्धले प्यालेस्टिनी क्षेत्रलाई भग्नावशेषमा परिणत गरेपछि गाजालाई सफा गर्ने विचार अघि सारेका थिए। 

“म तिनीहरूलाई बिना अवरोध र क्रान्ति र हिंसा बिना बस्न सक्ने क्षेत्रमा बसोबास गराउन चाहन्छु,” ट्रम्पले सञ्चारकर्मीहरूसँग सोमबार साँझ भने, “तपाईंलाई थाहा छ, जब तपाईं गाजापट्टीलाई हेर्नुहुन्छ, यो धेरै वर्षदेखि नरक जस्तै छ।”

ट्रम्पले हालैका दिनमा जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि वार्ता गरेका छन्। अल–सिसीले ऐतिहासिक रूपमा प्यालेस्टिनीलाई विस्थापित गर्ने कुराको विरोध गर्दै आएका छन्। 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजापट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन्।