वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोडभन्दा बढी ठगेको आरोपमा ४ जना पक्राउ

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी–६ का सुनिल दसौदी, काभ्रेपलान्चोकको पाँचखाल–५ का विकास दवाडी, गोरखाको शहीदलखन–७ का सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर–८ निवासी विशाखा पौडेल रहेका छन्। 

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा चार जना  पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी–६ का सुनिल दसौदी, काभ्रेपलान्चोकको पाँचखाल–५ का विकास दवाडी, गोरखाको शहीदलखन–७ का सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर–८ निवासी विशाखा पौडेल रहेका छन्। 

अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट ३ लाख,  विकले सुरेन्द्रले अमेरिका पठाइने बहानामा ९७ लाख ५४ हजार  र पौडेलले कुवेत पठाइदिन्छु भन्दै १ लाख ६० हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। 

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। 

यसैबीच, अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर–१३ का  २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन्।