उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको संरचना भत्किँदा पाँच भक्तजनको मृत्यु भएको भएको छ भने ४० जना घाइते भएका छन्।
उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको संरचना भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन्।
यो घटना राजधानी नयाँ दिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो। त्यहाँ जैन धर्मका सयौँ भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए।
“एउटा काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु भएको छ,” जिल्ला प्रशासक अस्मिता लालले भनिन्, “अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ।”
जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष संरचना निर्माण गरिने एनडीटीभी समाचार नेटवर्कले जनाएको छ। “भक्तजनहरू लड्डु (मिठाई) चढाउन गएका थिए र संरचना त्यसमाथि रहेका सयौँ भक्तजनसहित भत्कियो,” भक्तजनमध्ये एक राकेश जैनले प्रसारणकर्तालाई भने।
भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वका समयमा भारतका पूजास्थलमा घातक दुर्घटना हुने गर्छन्। गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनका अन्त्यमा भएको भागदौडमा १२१ जनाको मृत्यु भएको थियो।
अर्को घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दू नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो।
मंगलबारको दुर्घटना नजिकैको शहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दू पर्व कुम्भ मेलामा लाखौँ भक्तजन सहभागी भइरहेका बेला भएको हो।
जैन धर्म भारतको एक प्राचीन धर्म हो। यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसंख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन्। यस धर्मले अहिंसा, कडा शाकाहारी र सबै जीवजन्तुप्रति प्रेमको उपदेश दिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
