मंगलबार नेप्से २४.५० अंकले वृद्धि भई २६५७.७७ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ। मंगलबार नेप्से २४.५० अंकले वृद्धि भई २६५७.७७ को बिन्दुमा कायम भएको हो।
यस दिन ३२५ कम्पनीको एक करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै विकास बैंक समूह ४.०७ प्रतिशतले बढेको छ।
चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको हो।
सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा ८.४३ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख ३२ हजार १८७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एशिया ग्रोथ फन्ड–२ को १० लाख तीन हजार ३०० कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
