सिरहामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० स्थित धनगढी चोकमा दुर्घटना भएको हो। 

सिरहा– सिरहामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। कर्जन्हा नगरपालिकाका– ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो। 

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० स्थित धनगढी चोकमा दुर्घटना भएको हो। मुखिया सोही ट्याक्टरमा सवार थिए। 

जिल्ला प्रहरी कार्यलयका डीएसपी वीरेन्द्र पासवानका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ। 

प्रहरीले चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।